२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • सरकारले बढायो संसद्का कर्मचारीको भत्ता, अब...

सरकारले बढायो संसद्का कर्मचारीको भत्ता, अब मासिक रुपमा ३९ सय पाउने

सरकारले बढायो संसद्का कर्मचारीको भत्ता, अब मासिक रुपमा ३९ सय पाउने

सीएनएन खबर
सोमवार, आषाढ १० २०८१०५:४२
सीएनएन खबर
सोमवार, आषाढ १० २०८१०५:४२
  • images

    काठमाडौँ । सरकारले संसद् सचिवालयमा कार्यरत कर्मचारीको भत्ता बढाउने सहमति गरेको छ । आन्दोलनरत संसद् सचिवायलका कर्मचारी र सरकारबीच ७ बुँदे सहमति भएसँगै उनीहरुको भत्ता बढ्ने भएको हो । 

    सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच भएको वार्ता सहमतिमा पुगेको हो ।

    सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने छ ।

    २१ दिनदेखि संसद् सचिवालयमा कार्यरत कर्मचारी खाजा, आवासका साथै अतिरिक्त समयमा काम गरेको भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा थिए ।

    यस्तो छ ७ बुदे सहमति

    १. कर्मचारी युनियनले राखेका मागहरुप्रति नेपाल सरकार सकारात्मक रहेकोले सम्पूर्ण मागहरु क्रमशः पूरा गर्दै जाने ।

    २. राजपत्र अनङ्कित पाँचौ श्रेणी श्रेणीविहिन पदमा कार्यरत कर्मचारीहरु संघीय संसद सेवाबाट अनिवार्य अवकाश हुँदा राजपत्र अनङ्कित तृतीय श्रेणीमा बढुवा हुने कानूनी प्रावधान बमोजिम बढुवा भएका कर्मचारीहरुलाई खाइपाइ आएको तलबमान नघट्ने गरी अवकाश पश्चातका सेवा सुविधा प्रदान गर्ने । साथै हलुका सवारी चालक छैठौं स्तरको तलबमान निर्धारण गर्ने । 

    ३. संघीय संसद सचिवालय सम्बन्धी ऐन २०६४ को दफा १३ मा उल्लेखित संघीय संसद विकास कोष, सोही ऐनको दफा १०६ मा रहेको कर्मचारी कल्याण कोष लगायतका कोषहरु सञ्चालन गर्न र संघीय संसद सचिवलायको तर्फबाट सम्बोधन हुनुपर्ने मागहरुका सम्बन्धमा नेपाल सरकारले आवश्यक सहजिकरण गर्ने ।

    ४. मुलुकको अर्थतन्त्रलाई मध्यनजर गरी हाललाई राजपत्राङ्कित कर्मचारीहरुको लागि मासिक ३,५००÷– (तीन हजार पाँच सय) र राजपत्र अनङ्कित कर्मचारीहरुको लागि मासिक ३,०००÷– (तीन हजार) साविकको आवास भत्तामा वृद्धि गर्ने ।

    ५. कर्मचारीहरूलाई प्रदान गरिँदै आएको शैक्षिक भत्तामा मासिक ३००÷– (तीन सय) वृद्धि गर्ने ।

    ६. कर्मचारीहरूलाई कार्यालय समयभन्दा अगाडि वा पछाडि अतिरिक्त समयमा काम लगाएबापत उपलब्ध गराउँदै आएको खाजा खाना खर्चमा दैनिक १००÷– ले वृद्धि गर्ने । साथै यस्तो खाजाखाना वापतको रकम मासिक रूपमा प्रदान गर्ने ।

    ७. संघीय संसद सचिवालय कर्मचारी प्रशासन नियमावली, २०६५ को अनुसूची– १२ लाई बढिमा तीन वर्षमा पुनरावलोकन गर्ने । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend