२०८३, आश्विन १९ गते

images
  • विश्व
  • अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा...

अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह

अमेरिकी कारबाहीले भेनेजुएला सङ्कट गहिरिँदै, ईयूद्वारा संयम अपनाउन आग्रह

सीएनएन खबर
सोमवार, पौष २१ २०८२१२:२९
सीएनएन खबर
सोमवार, पौष २१ २०८२१२:२९
  • images

    काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले भेनेजुएलामा थप तनाव नबढोस् भन्नका लागि सबै पक्षलाई ‘शान्ति र संयम’ अपनाउन आग्रह गरेको छ । यो अपिल संयुक्त राज्य अमेरिकाले भेनेजुएलाविरुद्ध सैन्य कारबाही गरेपछि आएको हो ।

    ईयूका उच्च प्रतिनिधिद्वारा जारी वक्तव्यमा अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्र ‘सबै अवस्थामा पालना हुनुपर्ने’ उल्लेख गरिएको छ । साथै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूमाथि ती सिद्धान्तहरूको रक्षा गर्ने विशेष जिम्मेवारी रहेको पनि वक्तव्यमा भनिएको छ ।

    युरोपेली बाह्य कार्य सेवा ९ईईएएस० ले सार्वजनिक गरेको पाठअनुसार, हङ्गेरीबाहेक २६ ईयू सदस्य राष्ट्रहरूले उक्त वक्तव्यलाई समर्थन गरेका छन् ।

    यसअघि शनिबार संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि ठूलो स्तरको आक्रमण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ खातामा गरेको पोस्टअनुसार, उक्त कारबाहीका क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend