२०८३, आश्विन १९ गते

images

कुलमान र बल्लु गुप्तालाई मन्त्री पद छाड्न प्रधानमन्त्रीको आग्रह, नमाने बर्खास्त गर्ने तयारी

कुलमान र बल्लु गुप्तालाई मन्त्री पद छाड्न प्रधानमन्त्रीको आग्रह, नमाने बर्खास्त गर्ने तयारी

सीएनएन खबर
मंगलवार, पौष २२ २०८२०२:५१
सीएनएन खबर
मंगलवार, पौष २२ २०८२०२:५१
  • images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बल्लु गुप्तालाई मन्त्रीपद छोड्न आग्रह गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले त्यस आग्रहलाई चुनाव तयारी र आगामी प्रक्रियासँग जोडेर राखेकी बताइएको स्रोतले जनायो ।

    स्रोतले भन्यो, ‘प्रश्न उठेका साथीहरूले मार्गप्रशस्त गरिदिनुपर्‍यो भन्ने सम्माननीयज्यूको आग्रह थियो ।’

    घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा प्रवेश गरेका छन् । यसैक्रममा, खेलकुद मन्त्री बब्लु गुप्ता पनि रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा भइरहेको एकता प्रक्रियामा सक्रिय छन् ।

    घिसिङलगायत राजनीतिक दलमा लागेका अन्यले मन्त्री पद नछोडे प्रधानमन्त्री कार्कीले उनीहरूलाई बर्खास्त गर्ने सम्मको सोच बनाएको स्रोतले बिजपाटीलाई बतायो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend