२०८३, आश्विन १९ गते

images

राजीनामा दिँदै मन्त्री घिसिङ

राजीनामा दिँदै मन्त्री घिसिङ

बुधवार, पौष २३ २०८२०९:०२
बुधवार, पौष २३ २०८२०९:०२
  • images

    काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन् । उनले अहिले केहिबेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।
    प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद वैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ रास्वपामा औपचारिकरूपले जोडिएपछि राजीनामा दिने सोचमा थिए ।

    उनको सचिवालयका अनुसार राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न लागेका हुन् । घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा भाग लिने योजनामा छन् । काठमाडौं ३ बाट उम्मेदवारी दिने उनको तयारी छ । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिने घिसिङले बताउँदै आएका थिए ।

    उनले अहिले ९ बजे पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend