२०८३, आश्विन १९ गते

images
  • समाचार
  • अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण...

अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता, तस्करी रोक्न सहज हुने

अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता, तस्करी रोक्न सहज हुने

बिहिवार, पौष २४ २०८२०५:०६
बिहिवार, पौष २४ २०८२०५:०६
  • images

    काठमाडौं । अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षणमा महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको छ। बिहीबार नेपालको पर्यटन मन्त्रालय र नेपालस्थित अमेरिकी दूतावासबीच सांस्कृतिक कलाकृति तथा सम्पदाको अवैध ओसारपसार ९तस्करी० रोक्न र संरक्षण गर्न सम्झौता भएको हो।

    स्मरणयोग्य यो सम्झौता सन् १९७० को युनेस्को महासन्धि अन्तर्गत अमेरिकी विदेश मन्त्रालयको सांस्कृतिक सम्पदा केन्द्रको नेतृत्वमा स्थापित गरिएको हो। सम्झौताले नेपालको अमूल्य सांस्कृतिक धरोहरलाई अवैध आयात–निर्यातबाट जोगाउने, लुटपाट भएका वस्तु फिर्ता गर्न सहज बनाउने र वैध सांस्कृतिक, शैक्षिक तथा वैज्ञानिक आदानप्रदानलाई प्रोत्साहन दिने उद्देश्य राखेको छ।

    सम्झौताअन्तर्गत धार्मिक वास्तुकला, पूजाआजामा प्रयोग हुने वस्तुहरू, हस्तलिखित पाण्डुलिपि लगायतका सांस्कृतिक सामग्री संरक्षणको दायरामा पर्छन्। अब यस्ता वस्तु अमेरिकामा पठाउन नेपाली निर्यात प्रमाणपत्र अनिवार्य हुनेछ।

    यसले सङ्ग्रहालयहरू र निजी संकलकहरूलाई अवैध वस्तु प्राप्त गर्नबाट रोक्न मद्दत गर्नेछ र नेपालको सांस्कृतिक सम्पदालाई मौलिक स्थानमै सुरक्षित गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, सांस्कृतिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ।

    अमेरिकाले यस्तै प्रकृतिका सम्झौता इटाली, ग्रीस, इजिप्ट, चीन, पेरु, कम्बोडिया, पाकिस्तान र भारतसहित ३० भन्दा बढी देशहरूसँग गरिसकेको छ। नेपालसँगको सहकार्यले दुवै देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास लिइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend