२०८३, आश्विन २० गते

images

निर्वाचनका कारण उपसचिवको लिखित परीक्षा स्थगित

निर्वाचनका कारण उपसचिवको लिखित परीक्षा स्थगित

बिहिवार, पौष २४ २०८२०५:४५
बिहिवार, पौष २४ २०८२०५:४५
  • images

    काठमाडौँ । लोकसेवा आयोगले आगामी माघ १० गतेदेखि सञ्चालन गर्ने तय गरिएको उपसचिव (अप्राविधिक) पदको लिखित परीक्षा स्थगित गरेको छ। निर्वाचन आयोगको आग्रह र निर्वाचनमा खटिनुपर्ने कर्मचारीहरूको कार्यव्यस्ततालाई ध्यानमा राख्दै आयोगले बिहीबार एक सूचना जारी गरी परीक्षा स्थगित गरिएको जानकारी दिएको हो।

    लोकसेवाका अनुसार विज्ञापन नम्बर १६६६४ देखि १६६९१र०८२/८३ अन्तर्गत न्याय, प्रशासन, लेखापरीक्षण र संघीय संसद् सेवातर्फका राजपत्रांकित द्वितीय श्रेणी ९उपसचिव वा सो सरह० का आन्तरिक प्रतिस्पर्धा, खुला तथा समावेशी सबै परीक्षा कार्यक्रमहरू स्थगित गरिएको छ।

    फागुन २१ गते हुने निर्वाचनमा ठूलो संख्यामा कर्मचारी खटिनुपर्ने भएकाले शाखा अधिकृतहरूलाई परीक्षाको तयारी गर्न कठिन हुने भन्दै निर्वाचन आयोगले पुस १७ गते परीक्षा सार्न लोकसेवा आयोगलाई पत्राचार गरेको थियो। निर्वाचनको काममा केन्द्रित हुनुपर्ने र कर्मचारीहरू परीक्षाबाट वञ्चित हुन नहुने भन्दै निर्वाचन आयोगले चासो व्यक्त गरेपछि लोकसेवाले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो।

    यसअघि लोकसेवा आयोगको वार्षिक कार्यतालिका अनुसार उक्त परीक्षा २०८२ माघ १० गतेदेखि २८ गतेसम्म काठमाडौँ उपत्यकाका १० वटा केन्द्रमा सञ्चालन हुने तय भएको थियो। परीक्षा स्थगित गर्दा वार्षिक परीक्षा क्यालेन्डर प्रभावित हुने सम्भावनाका कारण आयोगभित्र केही समय अन्योल देखिएको थियो।

    अन्ततः मुख्य आयुक्त माधवप्रसाद रेग्मीसहितको बैठकले क्यालेन्डर र निर्वाचन दुवैलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। परीक्षा स्थगित भएसँगै निर्वाचन आयोगलाई आवश्यक जनशक्ति व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएको छ।

    यता, उपसचिवको परीक्षा स्थगित भए पनि सहसचिव पदको प्रक्रिया भने यथावत् रहने भएको छ। पुस १४ गते प्रकाशित सहसचिव पदको लिखित परीक्षाको नतिजा र त्यसपछि हुने अन्तर्वार्ता तथा विषय प्रस्तुति कार्यक्रम रद्द गरिएको छैन। लिखित परीक्षामा उत्तीर्ण १५ जना उम्मेदवारहरूको अन्तर्वार्ता २०८२ माघको पहिलो सातादेखि सञ्चालन हुने लोकसेवा आयोगले जनाएको छ।

    स्थगित गरिएको उपसचिव तहको परीक्षा अब कहिले सञ्चालन हुन्छ भन्नेबारे आयोगले हालसम्म कुनै नयाँ मिति सार्वजनिक गरेको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend