२०८३, आश्विन १९ गते

images
  • समाचार
  • रूसी तेल किन्ने देशहरूमाथि ५०० प्रतिशतसम्म...

रूसी तेल किन्ने देशहरूमाथि ५०० प्रतिशतसम्म ट्यारिफ लगाउने तयारीमा ट्रम्प

रूसी तेल किन्ने देशहरूमाथि ५०० प्रतिशतसम्म ट्यारिफ लगाउने तयारीमा ट्रम्प

शुक्रवार, पौष २५ २०८२१०:१४
शुक्रवार, पौष २५ २०८२१०:१४
  • images

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशतसम्म कर (ट्यारिफ) लगाउन सक्ने विधेयकलाई समर्थन जनाएका छन्। यस विधेयकमार्फत ह्वाइट हाउसले भारत, चीन र ब्राजिलजस्ता देशहरूलाई रूसबाट सस्तो तेल किन्नबाट रोक्न दबाब सिर्जना गर्न सक्नेछ।

    अमेरिकी सिनेटर लिन्डसे ग्राहमका अनुसार यो विधेयकले राष्ट्रपति ट्रम्पलाई रूसबाट तेल किन्ने देशहरूमाथि कडा आर्थिक दबाब दिन अधिकार प्रदान गर्नेछ। ग्राहमले राष्ट्रपति ट्रम्पसँगको भेटपछि रूस प्रतिबन्धसम्बन्धी विधेयकलाई ‘हरियो झण्डा’ प्राप्त भएको बताएका छन्।

    ग्राहम र सिनेटर रिचार्ड ब्लुमेन्थलले संयुक्त रूपमा पेश गरेको ‘२०२५ को रूस प्रतिबन्ध अधिनियम’ ले रूसी तेल खरिद तथा पुनः बिक्री गर्ने देशहरूमाथि ५०० प्रतिशतसम्म महसुल लगाउने प्रस्ताव गरेको छ। सिनेटको वैदेशिक सम्बन्ध समितिका अधिकांश सदस्यले यस विधेयकलाई समर्थन गरेका छन्।

    यसैबीच, ट्रम्प प्रशासनले भारतमाथि ५० प्रतिशत महसुल लगाइसकेको छ, जसमा रूसी तेल खरिदका कारण २५ प्रतिशत अतिरिक्त महसुल पनि समावेश छ। ग्राहमका अनुसार यस कदमपछि भारतले रूसबाट तेल खरिदमा उल्लेख्य कमी ल्याएको छ।

    अमेरिकाका लागि भारतका राजदूत विनय क्वात्राले हालै अमेरिकी सिनेटरहरूसँग भेटघाट गर्दै ऊर्जा, रक्षा, व्यापार तथा विश्व राजनीतिका विषयमा छलफल भएको बताएका छन्। अमेरिकी पक्षले रूस–युक्रेन युद्ध अन्त्यका लागि रूसी तेल खरिद गर्ने देशहरूमाथि दबाब बढाउन आवश्यक रहेको दोहोर्‍याएको छ।

    ग्राहमले आगामी हप्ताभित्रै उक्त विधेयक सिनेटमा मतदानका लागि अघि बढ्ने आशा व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend