२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • सिमलताल नजिक बसको टुक्रा फेला, २०८१...

सिमलताल नजिक बसको टुक्रा फेला, २०८१ असार २८ गते बेपत्ता डिलक्सकै हुन सक्ने आशंका

सिमलताल नजिक बसको टुक्रा फेला, २०८१ असार २८ गते बेपत्ता डिलक्सकै हुन सक्ने आशंका

आइतवार, पौष २७ २०८२११:०१
आइतवार, पौष २७ २०८२११:०१
  • images

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिक त्रिशूली नदी किनारमा बसको टुक्रा फेला परेको छ। सिमलताल नजिकै तनहुँतर्फको बगर क्षेत्रमा निलो रङको बसको टुक्रा देखिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ।

    फेला परेको बसको टुक्रा २०८१ साल असार २८ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुईवटा डिलक्स बसमध्ये एकको हुन सक्ने आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रविन्द्र खनालका अनुसार घटनास्थलमा प्रहरी पठाएर उक्त टुक्रा कुन बसको हो भन्ने विषयमा यकिन गर्ने काम भइरहेको छ।

    प्रहरीका अनुसार बालुवामा पुरिएको अवस्थामा बसका अवशेष फेला परेका हुन्। गत वर्ष सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोका कारण दुईवटा डिलक्स बस त्रिशूली नदीमा खसेका थिए। दुर्घटनामा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस नदीमा खसेका थिए।

    उक्त दुर्घटनामा बसमा सवार २५ जनाको शव फेला परेको थियो भने करिब ४० जना अझै बेपत्ता रहेका थिए। घटनासम्बन्धी थप अनुसन्धान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend