काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा भएको दुर्घटनामा बुद्ध एयरको गम्भीर लापरवाही भएको पुुष्टि भएको छ । गत पुस १८ गते भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज रनवेवाट चिप्लिएर दुर्घटना परेको थियो ।
काठमाडौँबाट ५१ जना यात्रु लिएर गएको उक्त दुर्घटनामा मानविय क्षति नभएतापनि बुद्ध एयरले गम्भीर लापरवाही गरेको पुुष्टि भएको हो ।
बुद्धले उडानमा लापरवाही गरेको भन्दै अपरेशन प्रमुख क्यापटेन रञ्जन कुमार शर्मालाई पदबाट हटाएको छ । उक्त दुर्घटना लगतै बुद्ध एयरको बोर्ड बैठकले ओडी शर्मालाई पदबाट छोडेर मार्ग प्रस्शर्त गर्न निर्देशन दिएको बुद्ध एयरले स्रोतले जानकारी दियो । स्रोतका अनुसार भद्रपुर उडानमा बुद्धका नयाँ कोपाइटल सुशान्त श्रेष्ठको पहिलो रात्री उडान थियो ।
बुद्ध एयरमा आवद्ध भएर तेस्रो उडानका क्रममा उक्त दुर्घटना भएको हो । उनले दुर्घटना अघि दुई वटा उडान अन्य रुटमा दिउँसोको समयमा उडान गरेका थिए । बुद्ध एयरका अनुसार उक्त दिन क्यापटेन सिटमा कोपाइटल श्रेष्ठ रहेको अनुमान छ ।
नयाँ कोपाइटलाई क्यापटेन सिटमा राख्नु नै अपरेशन प्रमुखको गम्भीर गल्ती रहेको निष्कर्ष निकाल्दै बोर्ड बैठकले उनलाई सो पद छोड्न निर्देशन दिएको स्रोतले बतायो ।
अन्तर्राष्ट्रिय प्राक्सीट पनि कोपाइटल क्यापटेनको सिटमै बसेर उडान अवतरण गर्छन् तर सुशान्तको हकमा उनको तेस्रो उडान रहेको र उडड्यन क्षेत्रमा नयाँ भएका कारण समेत उक्त घटनामा ठूलो लापरवाही भएको उडड्यन क्षेत्रका जानकारहरु बताउँछन् ।
सो दुर्घटनामा संलग्न क्याप्टेन र को–पाइलट दुवैलाई हाल उडान रोस्टरबाट हटाइ ग्राउन्डेड गरिएको छ भने छानबिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडडड्यन मन्त्रालय र नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले छुट्टा छुट्टै समिति बनाएर छानबिन शुरु गरेका छन् ।
याे पनि :
दुर्घटना जाँचबुझ समिति गठन नहुँदै किन निकालियो बुद्धको जहाज ?

