२०८३, आश्विन २० गते

images
  • राजनीति
  • निर्वाचन स्थगित गर्न सर्वोच्च अदालतमा रिट...

निर्वाचन स्थगित गर्न सर्वोच्च अदालतमा रिट पेस

निर्वाचन स्थगित गर्न सर्वोच्च अदालतमा रिट पेस

मंगलवार, पौष २९ २०८२०३:४१
मंगलवार, पौष २९ २०८२०३:४१
  • images

    काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि माघ ६ गते हुन लागेको प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

    अधिवक्ता कीर्तीनाथ शर्मा पौडेलले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मंगलबार रिट पेस गरेका हुन् ।उनले निर्वाचन तालिका सम्बन्धी सम्पूर्ण कार्यक्रम तत्काल स्थगितको माग गरेका छन् ।

    उनले रिटमा निर्वाचन प्रणालीतर्फ आगामी माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्तादेखि निर्वाचन प्रक्रियाको सबै काम स्थगित गराउन माग गरेका छन् ।

    प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै यसअघि दायर भएको रिटलाई प्रभावित बनाउने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएकोले रिट दायर गरेको अधिवक्ता शर्माले जानकारी दिए । सो रिटको पेसी आउँदो माघ ६ गतेका लागि तोकिएको शर्माले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend