२०८३, आश्विन १९ गते

images

अधिकांश बैंकले माघमा पनि घटाए मुद्दती निक्षेपको ब्याजदर, प्राइम बैंकले भने बढायो

अधिकांश बैंकले माघमा पनि घटाए मुद्दती निक्षेपको ब्याजदर, प्राइम बैंकले भने बढायो

बुधवार, पौष ३० २०८२१०:३१
बुधवार, पौष ३० २०८२१०:३१
  • images

    काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। माघ १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले ब्याजदर घटाउँदा औसत ब्याजदर थप तल झरेको हो।

    माघ महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फको औसत ब्याजदर ०.१५ प्रतिशतले घटेर ४.६८ प्रतिशतमा झरेको छ। पुस महिनामा व्यक्तिगततर्फको औसत ब्याजदर ४.८६ प्रतिशत थियो। यस्तै, संस्थागततर्फको औसत ब्याजदर पनि ०.०६ प्रतिशतले घटेर ३.३८ प्रतिशत कायम भएको छ। पुसमा संस्थागततर्फ औसत ब्याजदर ३.३७ प्रतिशत रहेको थियो।

    माघका लागि ११ वटा बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ८ वटा बैंकले ब्याजदर यथावत् राखेका छन्। यद्यपि, प्राइम कमर्सियल बैंकले भने माघमा ब्याजदर बढाएको छ।

    ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र सानिमा बैंक रहेका छन्।

    त्यसैगरी, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने माघ महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन्।

    यसबीच, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर ०.१५ प्रतिशतले बढाएर ४.४० प्रतिशत पुर्‍याएको छ। बैंकले पुसमा व्यक्तिगततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो। यद्यपि, प्राइम बैंकले संस्थागततर्फको ब्याजदर भने यथावत् राखेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend