२०८३, आश्विन १९ गते

images
  • समाचार
  • इरानमा चर्किँदो सरकारीविरोधी प्रदर्शनः मृतक संख्या...

इरानमा चर्किँदो सरकारीविरोधी प्रदर्शनः मृतक संख्या १२ हजार नाघेको आशंका

इरानमा चर्किँदो सरकारीविरोधी प्रदर्शनः मृतक संख्या १२ हजार नाघेको आशंका

बुधवार, पौष ३० २०८२१०:४०
बुधवार, पौष ३० २०८२१०:४०
  • images

    काठमाडौँ । इरानमा जारी सरकारीविरोधी आन्दोलनका क्रममा ठूलो संख्यामा मानिस मारिएको आशंकाबीच मृतकको वास्तविक संख्या अझै स्पष्ट हुन सकेको छैन। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र मानव अधिकार संस्थाहरूले फरक–फरक तथ्यांक सार्वजनिक गरेका छन्।

    रोयटर्स र मानव अधिकारसम्बन्धी संगठनहरूले हालसम्म इरानमा २ हजारदेखि ५ हजारसम्म मानिसको मृत्यु भएको अनुमान गरेका छन्। तर, बीबीसीसँग सम्बद्ध सीबीएस न्युजले भने इरानभित्र र बाहिरका स्रोतलाई उद्धृत गर्दै मृतकको संख्या १२ हजार पुगिसकेको उल्लेख गरेको छ। सीबीएसका अनुसार यो संख्या २० हजारसम्म पनि पुग्न सक्ने सम्भावना रहेको छ।

    यसैबीच, एक्सियोस समाचार वेबसाइटले इजरायली गुप्तचर स्रोतलाई उद्धृत गर्दै इरानमा करिब ५ हजार मानिसको मृत्यु भएको दाबी गरेको छ।

    इरानमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको वास्तविक संख्या यकिन गर्न कठिन भइरहेको छ। यसको मुख्य कारण इरान सरकारले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई देशभित्र स्वतन्त्र रूपमा काम गर्न निषेध गरेको र पछिल्ला पाँच दिनदेखि इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरेको बताइएको छ।

    देशमा बढ्दो महँगी, कमजोर आर्थिक अवस्था र सरकारी नीतिप्रति असन्तुष्टि जनाउँदै गत डिसेम्बर २८ देखि इरानका विभिन्न शहरहरूमा व्यापक जनप्रदर्शन भइरहेको छ। प्रदर्शनका क्रममा विभिन्न स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा स्थिति थप तनावग्रस्त बनेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend