२०८३, आश्विन २० गते

images
  • उर्जा
  • मध्ये भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा ढकाल...

मध्ये भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा ढकाल नियुक्त

मध्ये भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा ढकाल नियुक्त

बुधवार, पौष ३० २०८२०२:२५
बुधवार, पौष ३० २०८२०२:२५
  • images

    काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको अध्यक्षमा तुलसीराम ढकाल चयन भएका छन् । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले ढकाललाई पुस २९ गतेदेखि नै लागू हुने गरि अध्यक्ष पदमा चयन गरेको हो। ढकाल चिलिमे जलविद्युत कम्पनीबाट प्रतिनिधित्व गर्दै मध्य भोटेकोशीमा संचालक सदस्य थिए।

    यस अघि नेपाल विद्युत प्राधिकरणबाट प्रतिनिधित्व गर्ने सुभाष कुमार मिश्र मध्य भोटेकोशीको अध्यक्ष थिए। तर मिश्रले उमेर हदका कारण पुस २८ गतेदेखि प्राधिकरणबाट अनिवार्य अवकाश पाएका छन् । त्यसपछि रिक्त  अध्यक्ष पदमा ढकाल चयन भएका हुन्। प्राधिकरणले कम्पनीमा निर्देशक टेकनाथ तिवारीलाई संचालक चयन गरि पठाएको छ।

    मध्य–भोटेकोशी जलविद्युत कम्पनी सिन्धुपाल्चोक जिल्लाबासी तथा सर्वसाधारणको उल्लेखनीय सेयर लगानीमा स्थापना भएको १०२ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना हो। आयोजनाबाट वार्षिक करिब ५९ करोड युनिट बिक्रीयोग्य विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ।

    चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा निर्माण सम्पन्न भएको यो आयोजना सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो जलविद्युत आयोजना मानिन्छ। आयोजनाको बाँध मार्मिङ–९ चाकु क्षेत्रमा रहेको छ भने पावरहाउस जम्बु क्षेत्रमा निर्माण गरिएको छ। आयोजनामा करिब ७।२ किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend