२०८३, आश्विन २० गते

images
  • राजनीति
  • महामन्त्री पद त्यागिसकें, कारबाहीको औचित्य छैन...

महामन्त्री पद त्यागिसकें, कारबाहीको औचित्य छैन : विश्वप्रकाश शर्मा

महामन्त्री पद त्यागिसकें, कारबाहीको औचित्य छैन : विश्वप्रकाश शर्मा

बुधवार, पौष ३० २०८२०५:१९
बुधवार, पौष ३० २०८२०५:१९
  • images

    काठमाडौं ।  नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

    बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् । उनले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौं भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गरे ।

    उनले पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने दाबी समेत गरे । उनले आफूले पार्टीको कुनै पदाधिकारीमा पनि उम्मेदवारी नदिएको पनि उल्लेख गरे । 

    उनले भने, ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनें । जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो । म साथीहरूसँग गफ गर्दै थिएँ । बदलिएको समय अनुसार कांग्रेस चलाउँ भन्दा कारबाहीमा परिँदो रहेछ । एकजना साथीले फोन गरेर दाइ कारबाहीमा पर्नुभएछ भन्नुभयो । महामन्त्री त मैले बिहानै छोडिसकें भनिदिएँ । बिहानै मैले महामन्त्री छोडेर महामन्त्रीका लागि पार्टीका दुई युवा नेता प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गर्नुभएको छ ।’

    उनले देशभरका पार्टी कार्यकर्ताअनुसार बन्दसत्रबाट कार्यसमिति बनाएर निर्वाचन आयोगमा जाने उल्लेख गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend