२०८३, आश्विन २० गते

images

उपप्रमुखलाई सम्बोधन गरेर बालेनले दिए राजीनामा

उपप्रमुखलाई सम्बोधन गरेर बालेनले दिए राजीनामा

आइतवार, माघ ४ २०८२०३:३२
आइतवार, माघ ४ २०८२०३:३२
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले राजीनामा दिएका छन् । उपप्रमुख सुनिता डंगोललाई सम्बोधन गर्दै उनले आइतबार राजीनामा दिएका हुन् । 

    ‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट माघ ४ गतेदेखि लागूहुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु‘, उनले पेश गरेको राजीनामा पत्रमा भनिएको छ, ‘म पदमा रहँखा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अवको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रामा थप प्रभावकारी, पारदर्शीता र परिमाणमुखी बनोस् भन्ने कामना गर्दै, तपाईँ तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु ।’

    rajinama.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend