२०८३, आश्विन २१ गते

images

एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, माघ ५ २०८२१०:५४
सोमवार, माघ ५ २०८२१०:५४
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ७७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ५ हजार ६२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ७७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८१ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend