२०८३, आश्विन १९ गते

images

भरतपुरकी मेयर रेनु दाहालले दिईन राजीनामा

भरतपुरकी मेयर रेनु दाहालले दिईन राजीनामा

सोमवार, माघ ५ २०८२०३:४७
सोमवार, माघ ५ २०८२०३:४७
  • images

    काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राजीनामा दिएकी छन् । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले राजीनामा दिएको बताएकी हुन ।

    प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारी गरेकी दाहालले सोमबार चितवनमा सञ्चारकर्मीसंगको छलफलका क्रममा करिव दुई कार्यकालको मेयरको भूमिकापछि आफु नयाँ भूमिकाका लागि तयार भएको भन्दै जुनसुकै भूमिका रहेपनि जनताको सेवामा क्रियाशिल हुने बताएकी थिइन ।

    मेयरका हैसियतमा आफुले भरतपुरमा धेरै काम गर्न सफल भएको भन्दै दाहालले चितवनका लागि जान्नेलाई भन्दा पनि काम गर्नेलाई जनताले छान्नुपर्नेमा जोड दिएकी थिइन ।

    प्रतिनिधिसभा निर्वाचनकै लागि यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजीनामा दिइसकेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend