२०८३, आश्विन २० गते

images
  • राजनीति
  • कांग्रेसको विशेष महाधिवेश प्रकरणः पक्राउ परे...

कांग्रेसको विशेष महाधिवेश प्रकरणः पक्राउ परे दुर्गा प्रसाईँ

कांग्रेसको विशेष महाधिवेश प्रकरणः पक्राउ परे दुर्गा प्रसाईँ

सोमवार, माघ ५ २०८२०४:४३
सोमवार, माघ ५ २०८२०४:४३
  • images

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । निर्वाचन आयोगको उजुरीका आधारमा उनी सोमबार पक्राउ परेका हुन् । 

    कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए ।

    यही विषयमा प्रसाईंलाई अनुसन्धान गर्न भन्दै आयोगले प्रहरीका दुई कार्यालयलाई पत्राचार गरेको हो ।

    प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग राखिएको छ ।

    प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको हो । नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो ।

    निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend