२०८३, आश्विन २० गते

images

चुनावबाट विश्राम लिँदै देउवा

चुनावबाट विश्राम लिँदै देउवा

मंगलवार, माघ ६ २०८२०८:३२
मंगलवार, माघ ६ २०८२०८:३२
  • images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नहुने भएका छन्।
    २०४८ सालदेखि हालसम्म सम्पन्न भएका सबै निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै आएका देउवाले यसपटक भने चुनावी प्रतिस्पर्धामा नउत्रिने निर्णय गरेको उनको सचिवालयले जनाएको छ। नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएपछि देउवाले निर्वाचन नलड्ने घोषणा गरेका हुन्।

    देउवाका स्वकीय सचिव भानु देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै देउवाले यसपटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने स्पष्ट पारेका छन्।

    देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ डडेलधुराबाट लगातार विजयी भएका थिए। २०६४ सालको निर्वाचनमा उनले कञ्चनपुर क्षेत्र नं. ४ बाट पनि जित हासिल गरेका थिए भने २०७० सालमा डडेलधुरासँगै कैलाली क्षेत्र नं. ६ बाट समेत निर्वाचित भएका थिए।

    लगातार सात पटक निर्वाचन जित्ने एकमात्र नेताका रूपमा परिचित देउवा पाँच पटक देशको प्रधानमन्त्रीसमेत भइसकेका छन्।

    यसैबीच, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सञ्चालन हुँदैछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend