२०८३, आश्विन २१ गते

images

तोलाको २ लाख ९५ हजार नाध्ये सुनको मूल्य

तोलाको २ लाख ९५ हजार नाध्ये सुनको मूल्य

बुधवार, माघ ७ २०८२१०:५३
बुधवार, माघ ७ २०८२१०:५३
  • images

    काठमाडौँ । सुनको मूल्यले प्रतितोला २ लाख ९५ हजार रुपैयाँ नाघेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा बुधबार ९माघ ७०मा तोलामा १० हजार ४०० रुपैयाँ बढेको छ । 

    यससँगै एक तोला सुनको मूल्य दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँ थियो ।

    यस्तै चाँदीको मूल्यमा तोलामा ४० रुपैयाँ बढेर पाँच हजार ९२० रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य पाँच हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend