२०८३, आश्विन २० गते

images
  • राजनीति
  • भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग...

भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग

भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग

बुधवार, माघ ७ २०८२१०:३६
बुधवार, माघ ७ २०८२१०:३६
  • images

    काठमाडौं ।  स्वास्थ्य मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी मागेको छ ।

    आज न्यायाधीहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पछि ठहरेबमोजिम हुने गरी पुर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै विभागकी तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

    आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल-बिजक, गलत प्रतिवेदन र भुक्तानी गरेको दाबीसहित झण्डै १४ करोड बिगो दाबी गरेको थियो ।

    आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको उनीमाथि अभियोग छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend