२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • गुरु ट्राभल्स लिमिटेडको चौथो वार्षिक साधारण...

गुरु ट्राभल्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

गुरु ट्राभल्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

बिहिवार, माघ ८ २०८२०२:२७
बिहिवार, माघ ८ २०८२०२:२७
  • images

    काठमाडौँ । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले पुस २५ गते साधारणसभा सम्पन्न गरेको हो । 

    संस्थाका अध्यक्ष विज्ञान राज शर्माको अध्यक्षतामा, संस्थापक शेयरधनीहरू, पर्यटन क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, र विशिष्ट अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो । 

    सभाको उद्घाटन अध्यक्ष विज्ञान राज शर्मा, वरिष्ठ सल्लाहकार तथा शेयरधनी, लक्ष्मि गुरुङ्गज्युले संयुक्त रूपमा पानसमा बत्ति बालेर गरेका थिए ।  साँझ ५ः०० मा औपचारिक रूपमा सुरु भएको कार्यक्रम प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सञ्चालन गरेका थिए ।

    अध्यक्षको स्वागत मन्तव्यपछि संस्थाका सञ्चालकर प्रमुख कार्यकारी अधिकृत नबराज धरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा कम्पनीले स्थापनाकालदेखि सन्तोषजनक प्रगति गर्दै आएको र भविष्यमा अझ गुणस्तरीय सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरियो । प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले त्यसपछि कार्यालयमा सम्पन्न विविध गतिविधिहरूको विस्तृत प्रस्तुति दिए ।

    विश्वप्रसिद्ध कम्पनीबाट प्रदान गरिएको अवार्ड प्राप्त गर्दै विश्वव्यापी रूपमा शीर्ष १० भित्र पर्न सफल भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend