२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • ब्रिटिस काउन्सिलको कल्चरल प्रोटक्सन फन्ड १०...

ब्रिटिस काउन्सिलको कल्चरल प्रोटक्सन फन्ड १० औँ वर्षमा, दियो कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

ब्रिटिस काउन्सिलको कल्चरल प्रोटक्सन फन्ड १० औँ वर्षमा, दियो कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम

सीएनएन खबर
बिहिवार, माघ ८ २०८२०४:२५
सीएनएन खबर
बिहिवार, माघ ८ २०८२०४:२५
  • images


    काठमाडौँ । सांस्कृतिक संरक्षणका लागि सञ्चालित ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्ड १०औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा ब्रिटिस काउन्सिलले नेपालसहित विश्वका १९ देशमा द्वन्द्व र जलवायु परिवर्तनका कारण जोखिममा परेका सांस्कृतिक सम्पदाको संरक्षणका लागि निरन्तर योगदान दिन आफू प्रतिबद्ध रहेको जनाएको छ।

    सन् २०२२ देखि यो फन्डले नेपालमा इतिहास, पहिचान र सामाजिक एकताको आधार बनेका सांस्कृतिक सम्पदाको संरक्षण तथा समुदाय सशक्तिकरणका लागि सहयोग गर्दै आएको छ। फन्डमार्फत स्थानीय समुदायको नेतृत्वमा विविध परियोजना सञ्चालन हुँदै आएका छन्।

    फन्डको सहयोगमा नेपालमा कुसुन्डा जस्तो लोपोन्मुख भाषाको पुनर्जीवन सम्बन्धित समुदायको नेतृत्वमा अघि बढाइएको छ। त्यस्तै, महिलाको नेतृत्वमा मैथिल कलालाई सृजनात्मक रूपमा पुनर्जीवन दिन सहयोग गरिएको छ। 

    डोल्पामा हिमाली गुम्बाहरूको संरक्षण, गण्डकी प्रदेशका उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण लोप हुन लागेका आदिवासी समुदायका खाद्य परम्परालाई दस्तावेजीकरण गर्दै संरक्षण गर्ने पहल पनि फन्डका महत्वपूर्ण उपलब्धि हुन्।

    बंगलादेशमा भरेन्द्रा रिसर्च म्युजियममार्फत संग्रहालयमा संकलित सामग्री तथा मौखिक परम्पराको संरक्षण र संवर्द्धनका लागि व्यवसायिक जनशक्तिलाई तालिम प्रदान गरिएको छ।

    पाकिस्तानमा इन्दुस डेल्टाको समुद्री सम्पदा, हजारा समुदायको शिल्पकलाको संरक्षण, स्वात उपत्यकामा बुद्धका मूर्तिको पुनर्स्थापना, ऐतिहासिक सिल्क रोडका भवन मर्मत तथा कराँचीको खालिक्दिना हललाई जीवन्त सांस्कृतिक हबका रूपमा पुनर्स्थापना गर्न सहयोग गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend