२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • सुनको मूल्यमा नयाँ किर्तीमानी, तोलाको ३...

सुनको मूल्यमा नयाँ किर्तीमानी, तोलाको ३ लाख नाघ्यो

सुनको मूल्यमा नयाँ किर्तीमानी, तोलाको ३ लाख नाघ्यो

शुक्रवार, माघ ९ २०८२१०:५६
शुक्रवार, माघ ९ २०८२१०:५६
  • images

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक् अनुसार शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दु  ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको हो ।

    बिहिबार प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा सुनको भाउ पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको हो ।

    आज चाँदीको भाउ पनि तोलामा ३२० रुपैयाँले बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ५ हजार ३ सय ७ रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend