२०८३, आश्विन २१ गते

images

तोलामा ५२ सय रुपैयाँले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

तोलामा ५२ सय रुपैयाँले बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सोमवार, माघ १२ २०८२१०:५४
सोमवार, माघ १२ २०८२१०:५४
  • images

    काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यले एकपछि अर्काे नयाँ रेकर्ड बनाउन थालेको छ । आइतबार रेकर्ड ब्रेक गरेको सनको मूल्यले सोमबा नयाँ रेकर्ड बनाएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार छापावाल सुनको मूल्य आज तोलामा ५ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको हो ।

    आइतबार प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६४ हजार ९ सय २० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख रुपैयाँ नाघेको हो ।

    आज चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको मूल्य ५ हजार ८ सय रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend