२०८३, आश्विन १९ गते

images
  • विश्व
  • अमेरिकामा भीषण आँधी: ११ हजार ४००...

अमेरिकामा भीषण आँधी: ११ हजार ४०० भन्दा बढी उडान रद्द, १० जनाको मृत्यु

अमेरिकामा भीषण आँधी: ११ हजार ४०० भन्दा बढी उडान रद्द, १० जनाको मृत्यु

सोमवार, माघ १२ २०८२०१:५५
सोमवार, माघ १२ २०८२०१:५५
  • images

    काठमाडौँ । अमेरिकामा फैलिएको भीषण आँधीका कारण आइतबार देशभरि ११ हजार ४ सयभन्दा बढी हवाई उडान रद्द भएका छन् । हिमपात, बरफ जम्ने अवस्था र चिसो वर्षाले यात्रामा गम्भीर समस्या सिर्जना गरेको छ ।

    राष्ट्रिय मौसम सेवाका अनुसार दक्षिणी पहाडी क्षेत्रदेखि उत्तरपूर्वी भूभागसम्म फैलिएको आँधीले करिब १८ करोड मानिसलाई असर पार्ने सम्भावना छ । वाशिङ्टनदेखि न्यूयोर्क र बोस्टनसम्म ३० देखि ६० सेन्टिमिटरसम्म हिउँ पर्ने अनुमान गरिएको छ ।

    उडान अनुगमन संस्थाका अनुसार आइतबार मात्रै हजारौँ उडान रद्द भएका छन्, जुन महामारीपछिको सबैभन्दा ठूलो अवरोध मानिएको छ ।

    न्यूयोर्कस्थित ला गार्डिया विमानस्थल आइतबार दिउँसो बन्द गरिएको थियो । फिलाडेल्फियामा ९४ प्रतिशत, ला गार्डियामा ९१ प्रतिशत र जे एफ के अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ८० प्रतिशत उडान रद्द भएको छ ।

    डलास–फोर्ट वर्थ, चार्लोट, फिलाडेल्फिया र अटलान्टा लगायतका प्रमुख विमानस्थलहरू पनि गम्भीर रूपमा प्रभावित भएका छन् ।

    snow1.jpg

    उड्डयन विज्ञहरूका अनुसार उडान तालिका सामान्य अवस्थामा फर्किन धेरै दिन लाग्न सक्छ । प्रत्यक्ष रूपमा प्रभावित नभएका यात्रुहरू पनि श्रृङ्खलाबद्ध ढिलाइका कारण समस्यामा पर्न सक्ने बताएका छन् ।

    यदि उडान रद्द भएपछि यात्रुले यात्रा नगर्ने निर्णय गरेमा, टिकट फिर्ता नहुने भनिएको भए पनि पूरा रकम फिर्ता पाउने कानुनी अधिकार हुन्छ ।

    अमेरिकामा आँधीका कारण कम्तीमा १० जनाको मृत्यु

    अमेरिकाका विभिन्न भागहरूमा आएको एक भयानक आँधीले कम्तिमा १० जनाको ज्यान लिएको छ । आँधीका कारण सार्वजनिक यातायात सेवा, उडान सेवा रद्द र बिजुली कटौती भएको छ । आँधीको असर सोमबारसम्म अत्यधिक देखिने बताइएको छ। 

    आँधीबेहरीसँगै परेको व्यापक हिम बर्षाले देशका अधिकांश भूभाग प्रभावित भएको भन्दै आर्कटिक हावाको प्रभाव धेरै दिनसम्म रहँदा सामान्य जनजीवन लामो समय ९केही दिन० सम्म प्रभावित हुनसक्ने बताइएको छ। 

    अमेरिकी राष्ट्रिय मौसम सेवा ९एनडब्ल्यूएस० ले अमेरिकीहरूलाई सोमबार बिहानसम्म मौसममा कुनै सुधार नआउने बताएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend