काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मंगलबार बिहान बर्दिया-२ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।
सोमबारदेखि सुदूरपश्चिमको चुनावी यात्रमा रहेका बालेनले मंगलबार बिहान राजापुरस्थित रास्वपाको निर्वाचन क्षेत्र नम्बर २ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन्।
त्यसक्रममा बालेलने बर्दियाको प्रसिद्ध ठाकुर बाबा मन्दिरको पनि दर्शन गरेका उनको सचिवालयले जनाएको छ।
आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बर्दिया २ मा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १७ दल र एक जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। रास्वपाबाट यहाँ श्रीधर पोखरेल उम्मेदवार बनेका छन्।
त्यसैगरि कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठोर, एमालेबाट पूर्वमन्त्री विमला विक र नेपाली कम्युनिस्ट पार्टीबाट सुरेश पन्थ, जनता समाजवादी पार्टी नेपालबाट अनिरुध्या आर्य, नागरिक उन्मुक्ति पार्टी नेपाल खुशीराम थारु, नेपाल कम्युनिस्ट पार्टीबाट टिकाराम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट धर्मराज जैसी आचार्य, उज्यालो नेपाल पार्टीबाट धर्म बहादुर चौधरी, नेपाल कम्युनिस्ट पार्टी(संयुक्त) बाट निता शर्मा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नेत्रराज आचार्य लगायतले उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
०७९ को निर्वाचनमा बर्दिया २ बाट प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी भएका थिए।

