२०८३, आश्विन १९ गते

images
  • विश्व
  • महाराष्ट्रका उपमुख्यमन्त्री सवार निजी विमान दुर्घटनाग्रस्त,...

महाराष्ट्रका उपमुख्यमन्त्री सवार निजी विमान दुर्घटनाग्रस्त, कस्तो छ अवस्था ?

महाराष्ट्रका उपमुख्यमन्त्री सवार निजी विमान दुर्घटनाग्रस्त, कस्तो छ अवस्था ?

बुधवार, माघ १४ २०८२१०:२३
बुधवार, माघ १४ २०८२१०:२३
  • images

    काठमाडौँ । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ ।

    प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएका छन् । उनी जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।

    विमानमा अजित पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी तथा विमानका कर्मचारी पनि सवार थिए । दुर्घटनामा उनीहरू सबै घाइते भएको खबर छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend