२०८३, आश्विन १९ गते

images
  • फोटो फिचर
  • मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी...

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात (तस्वीर सहित)

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात (तस्वीर सहित)

बुधवार, माघ १४ २०८२१०:३३
बुधवार, माघ १४ २०८२१०:३३
  • images

    काठमाडौँ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी  हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । 

    सशस्त्र प्रहरी कार्यालयका अनुसार  भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको  छ । केही स्थानमा  दुई फिटभन्दा बढी हिउँ  जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए ।

    त्यसैगरी, सिमकोटस्थित रासस समाचारदाताका अनुसार  हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो  हिमपात भइरहेको छ । 

    himpat1.jpg

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ । हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् । 

    यसैबीच, बाजुरस्थित राससकर्मीका अनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ । 

    himpat2.jpg

    हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए ।रासस

    himpat5.jpg
    himpat3.jpg
    himpat4.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend