२०८३, मंसिर ७ गते

  • राजनीति
  • ३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री...

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान

images
आइतवार, मंसिर ६ २०८३०२:०९
आइतवार, मंसिर ६ २०८३०२:०९
  • images

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो १:४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

    ​प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप(संयोजक विनय शाक्य छन्। यसका साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य सहभागी छन् ।

    balen india visit.jpeg

    ​भ्रमणका क्रममा सम्माननीय प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति महामहिम श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। साथै, भारतीय समकक्षी महामहिम नरेन्द्र मोदीसँग भोली मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ।

    ​भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्।

    balen india visit1.jpeg

    ​भ्रमणको पहिलो दिन आज सम्माननीय प्रधानमन्त्री शाहज्यूसँग भारतीय विदेशमन्त्री महामहिम डा. एस. जयशंकरले शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ। यस्तै, भोलि सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय भएको छ।

    ​सम्माननीय प्रधानमन्त्रीज्यू भ्रमण सम्पन्न गरी यही मंसिर ७ गते साँझ १८स्३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ।

    balen india visit2.jpeg

    भ्रमण टोली नेपाल फर्किएपछि माननीय परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमणबारे जानकारी दिन पत्रकार सम्मेलन गर्नेछन् ।

    balen india visit4.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend