२०८३, आश्विन १९ गते

images
  • समाचार
  • लमजुङमा अलैँची बिक्रीबाट २४ करोडभन्दा बढी...

लमजुङमा अलैँची बिक्रीबाट २४ करोडभन्दा बढी आम्दानी

लमजुङमा अलैँची बिक्रीबाट २४ करोडभन्दा बढी आम्दानी

बुधवार, माघ १४ २०८२०१:०६
बुधवार, माघ १४ २०८२०१:०६
  • images

    लमजुङ । लमजुङ जिल्लामा यस वर्ष अलैँची बिक्रीबाट २४ करोड ३० लाख रुपैयाँ आम्दानी भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादन भएको १३५ मेट्रिकटन अलैँची बिक्री गरिएको हो।

    परियोजनाका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार यस वर्ष अलैँची प्रतिकिलो १ हजार ८०० देखि २ हजार ५०० रुपैयाँसम्ममा बिक्री भएको छ। उत्पादन अघिल्लो वर्षको तुलनामा केही घटे पनि मूल्य वृद्धि हुँदा आम्दानी बढेको उनले बताए।

    गत आर्थिक वर्ष २०८१/८२ मा १५० मेट्रिकटन अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी भएको थियो। भारतमा समेत उत्पादन घटेकाले माग बढ्दा किसानले राम्रो मूल्य पाएको परियोजनाको भनाइ छ।

    जिल्लामा करिब ३ हजार किसान अलैँची खेतीमा आबद्ध छन्। अलैँची खेतीले स्थानीयको आर्थिक अवस्था सुधार हुनुका साथै विदेशिएका युवासमेत स्वदेश फर्किएर यस व्यवसायमा लाग्न थालेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend