काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रिक्त रहेका विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
कम्पनीको पदपूर्ति समितिले शुक्रबार एक सूचना जारी गर्दै तह ३ देखि तह ९ सम्मका उप(प्रबन्धक, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, टेलिकम इन्जिनियर, ओभरसियर, सहायक र टेक्निसियन लगायतका विभिन्न पदहरूमा आवेदन मागेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ।
सूचना प्रकाशित भएको २१ दिनभित्र नियमित दस्तुरमा र त्यसपछिको थप ७ दिनसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने व्यवस्था गरिएको छ। यस प्रतियोगितात्मक परीक्षाको छनोट प्रक्रिया लोक सेवा आयोगद्वारा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

