२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, माघ १६ २०८२१०:५०
शुक्रवार, माघ १६ २०८२१०:५०
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार सुन प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको हो । 

    महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो । घटेसँगै शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

    महासंघको तथ्यांक अनुसार शुक्रबार प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७३ हजार ३ सय २० रुपैयाँ तोकिएको छ ।

    आज चाँदीको मूल्य पनि तोलामा किर्तीमानी उचाईबाट ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको मूल्य ६ हजार ५७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend