२०८३, आश्विन २१ गते

images

तोलामा १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो चाँदी ?

तोलामा १३ हजारले घट्यो सुनको मूल्य, कति पुग्यो चाँदी ?

सोमवार, माघ १९ २०८२१०:५५
सोमवार, माघ १९ २०८२१०:५५
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख रुपैयाँ कायम भएको थियो ।

    यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४५ हजार ७१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४५८ रुपैयाँमा कारोबार भईरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend