काठमाडौँ । नेपाली बजारमा लगातार ३ दिन घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो । गत शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य ओरालो लागेको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ५ हजार २ सय रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ५ हजार ३३५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ८८५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ५७४ रुपैयाँमा कारोबार भईरहेको छ ।

