२०८३, आश्विन २० गते

images
  • स्वास्थ्य
  • ३५ औँ वर्षमा देउराली–जनता फर्मास्यूटिकल्स, ४७५...

३५ औँ वर्षमा देउराली–जनता फर्मास्यूटिकल्स, ४७५ करोड लगानीमा नयाँ उद्योग खोल्ने

३५ औँ वर्षमा देउराली–जनता फर्मास्यूटिकल्स, ४७५ करोड लगानीमा नयाँ उद्योग खोल्ने

मंगलवार, माघ २० २०८२०८:२७
मंगलवार, माघ २० २०८२०८:२७
  • images

    काठमाडौँ । देउराली–जनता फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विगत साढे तीन दशकदेखि नेपाली जनताको स्वास्थ्य सेवामा समर्पित रहँदै आएको कम्पनीले अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गरी औषधि आयातमा रहेको परनिर्भरता घटाउँदै आएको छ ।

    ३५ औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले चितवनको भरतपुरमा नयाँ अत्याधुनिक कारखाना निर्माण गर्ने निर्णय पनि सार्वजनिक गरेको छ। यस परियोजनामा ४७५ करोड रुपैयाँ लगानी गरिने र दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नयाँ कारखाना सञ्चालनमा आएपछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना हुने अपेक्षा गरिएको प्रालिका कार्यकारी निर्देशक हरिभक्त शर्मा पौडेलले जानकारी दिए ।

    उनका अनुसार कम्पनीले उच्च प्रविधि प्रयोग गरी जीवनरक्षक तथा दीर्घ रोग उपचारका लागि आवश्यक क्याप्सुल, ट्याब्लेट, लिक्विड, मलहम, ड्राइ पाउडरलगायत २९६ प्रकारका औषधिहरू अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ। २०४७ सालदेखि औषधी उत्पादन गर्दै आएको फर्मास्युटिकल्सले २०७२ साल मंसिरमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि आयात गरेर काम सुरु गरेको थियो । विगत ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधीहरू स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवामा योगदान पुर्याउँदै आएको छ ।

    अन्तर्राष्ट्रियस्तरको गुणस्तर सुनिश्चित गर्न अत्याधुनिक प्रयोगशाला, उपकरण तथा गुणस्तर परीक्षण प्रणालीसहितको कारखाना सञ्चालनमा रहेको छ । हाल देउराली–जनतामा करिब ६७५ जना वैज्ञानिक, प्राविधिक तथा कर्मचारी कार्यरत छन्।

    देउराली–जनता नेपालमा अन्तर्राष्ट्रिय प्रविधि हस्तान्तरणमार्फत औषधि उत्पादन गर्ने पहिलो कम्पनीका रूपमा परिचित छ। कम्पनीले ISO–9001, ISO–14001 तथा WHO–GMP प्रमाणपत्र प्राप्त गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उत्पादन प्रक्रिया अवलम्बन गर्दै आएको छ। यसले स्वदेशी औषधि उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने मार्ग प्रशस्त गरेको कम्पनीको दाबी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend