२०८३, आश्विन १९ गते

images

अमेरिकाले अरब सागरमा इरानी ड्रोन खसाल्यो

अमेरिकाले अरब सागरमा इरानी ड्रोन खसाल्यो

बुधवार, माघ २१ २०८२०८:००
बुधवार, माघ २१ २०८२०८:००
  • images

    काठमाडौं । अमेरिकाले मंगलबार अरब सागरमा एउटा इरानी ड्रोन खसालेको छ। रोयटर्सका अनुसार इरानको ‘साहेद–१३९’ नामक ड्रोन अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन विमानवाहक जहाजको नजिक पुगेपछि खसालिएको हो।

    यूएसएस अब्राहम लिंकन अमेरिकी नौसेनाको आणविक शक्तिद्वारा सञ्चालित विमानवाहक जहाज हो, जसलाई विश्वकै सबैभन्दा ठूला र शक्तिशाली युद्धपोतमध्ये एक मानिन्छ।

    अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिअनुसार अमेरिकी नौसेनाले आत्मरक्षाका लागि एफ–३५सी लडाकु जेट प्रयोग गरी उक्त इरानी ड्रोन खसालेको हो।

    सेन्टकमले यस घटनालाई इरानको ‘आक्रामक व्यवहार’ को संज्ञा दिएको छ। ड्रोन कुन उद्देश्यका लागि तैनाथ गरिएको थियो भन्नेबारे स्पष्ट भइसकेको छैन।

    यस घटनाबारे इरानको तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अमेरिकासँग बढ्दो तनावबीच इरानले जनवरी ३० मा जमिन र समुद्रबाट आक्रमण गर्न सक्षम १ हजार ड्रोन तयार पारेको दाबी गरेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend