२०८३, आश्विन १९ गते

images
  • विश्व
  • एयर इन्डिया र इन्डिगो एयरका जहाज...

एयर इन्डिया र इन्डिगो एयरका जहाज ठोक्किए

एयर इन्डिया र इन्डिगो एयरका जहाज ठोक्किए

बुधवार, माघ २१ २०८२१०:५६
बुधवार, माघ २१ २०८२१०:५६
  • images

    काठमाडौँ । भारतकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिने मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।

    मंगलबार साँझ करिब साढे सात बजे भएको उक्त घटनामा दुवै विमानको पखेटाको टुप्पोमा क्षति पुगेको छ। तर, दुवै विमानका यात्रुहरू भने सकुशल रहेको जनाइएको छ।

    भारतको विमान नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) का अनुसार ३ फेब्रुअरी २०२६ मा एयर इन्डियाको फ्लाइट एआई २७३२ उडानअघि मुम्बई विमानस्थलको एम–४ पार्किङ क्षेत्रमा रोकिएको अवस्थामा थियो। सोही समयमा अवतरण गरी पार्किङतर्फ जाँदै गरेको इन्डिगोको ए–३२० विमानसँग एयर इन्डियाको विमानको पखेटा ठोक्किएको हो।

    घटनापछि दुवै विमानलाई तत्काल प्राविधिक जाँचका लागि रोकिनुका साथै सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट ओरालिएको थियो। डीजीसीएको मुम्बई कार्यालयका अधिकारीहरू घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेका छन्।

    समाचार एजेन्सी पीटीआईका अनुसार एयर इन्डियाको उक्त विमान मुम्बईबाट तमिलनाडुको कोयम्बटूर जाँदै थियो। सावधानीका रूपमा उडान रद्द गरी थप प्राविधिक जाँच गरिने जनाइएको छ।

    एयर इन्डिया र इन्डिगो दुवै एयरलाइन्सका प्रवक्ताले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेका छन् र विमानको प्राविधिक परीक्षण भइरहेको जानकारी दिएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend