२०८३, आश्विन १९ गते

images
  • विश्व
  • भारतको कोइला खानीमा विस्फोट, २ नेपालीसहित...

भारतको कोइला खानीमा विस्फोट, २ नेपालीसहित १८ जनाको मृत्यु

भारतको कोइला खानीमा विस्फोट, २ नेपालीसहित १८ जनाको मृत्यु

शुक्रवार, माघ २३ २०८२०८:२३
शुक्रवार, माघ २३ २०८२०८:२३
  • images

    काठमाडौँ । भारतको मेघालयस्थित एक कोइला खानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ ।

    मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको रहेका छन् । सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन् ।

    भारतीय सञ्चार माध्यमका अनुसार विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ ।

    घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई २ लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend