२०८३, आश्विन २० गते

images
  • उर्जा
  • विद्युत नियमन आयोगले तोक्यो जलाशययुक्त आयोजनाको...

विद्युत नियमन आयोगले तोक्यो जलाशययुक्त आयोजनाको पीपीए दर, कति पर्‍यो मूल्य ?

विद्युत नियमन आयोगले तोक्यो जलाशययुक्त आयोजनाको पीपीए दर, कति पर्‍यो मूल्य ?

बुधवार, माघ २८ २०८२११:४८
बुधवार, माघ २८ २०८२११:४८
  • images

    काठमाडौँ । विद्युत् नियमन आयोगले जलाशययुक्त विद्युत् उत्पादन केन्द्रको विद्युत् खरिद–बिक्री (पीपीए) निर्देशिका सार्वजनिक गरेको छ। 

    जलाशययुक्त विद्युत केन्द्रबाट उत्पादित बिजुली खरिद–बिक्रीसम्बन्धी व्यवस्थालाई नियमित र व्यवस्थित गर्न निर्देशिका जारी गरेको आयोगले जनाएको छ। 

    निर्देशिकाअनुसार न्यूनतम १५ दिन निरन्तर पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक पर्ने पानीको आयतन (वातावरणीय बहाव कायम गर्न आवश्यक पर्नेबाहेक) सञ्चय गर्न सक्ने सक्रिय जलभण्डारण क्षमता (एक्टिभ स्टोरेज क्यापासिटी), कम्तीमा ५० वर्ष पानी भण्डारण गर्न सक्ने, सुक्खायाममा ३५ प्रतिशत बिजुली उत्पादन गर्न सक्ने आयोजनालाई जलाशययुक्त विद्युत् उत्पादन केन्द्र भनिएको छ।

    निर्देशिकाले यस्ता आयोजनाको बिजुली खरिद दर सुक्खायाम (ड्राई सिजन) र वर्षायाम (वेट सिजन) का आधारमा फरक–फरक निर्धारण गरेको छ।

    सुक्खायाममा प्रतियुनिट १२ रुपैैयाँदेखि १५ रुपैयाँसम्म तथा बर्खायाममा प्रतियुनिट करिब ७ रुपैयाँदेखि ९ रुपैयाँसम्म तोकिएको छ।

    निर्देशिकाले पीपीए दर पुनरवलोकन तथा पुनःनिर्धारणसम्बन्धी व्यवस्था गरेको छ। आयोजनाको सम्पूर्ण संरचनाको ठेक्का सम्झौता सकिएपछि र व्यापारिक उत्पादन सुरु भएको एक वर्षभित्र विद्युत खरिददर पुनरवलोकन गर्न सकिनेछ। आयोजनाको व्यापारिक उत्पादन सुरु भएको मितिले पाँच वर्ष पूरा भएपछि प्रत्येक पाँच–पाँच वर्षमा विद्युत् खरिद दर पुनःनिर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ। 

    त्यस्तै, यस्ता आयोजनाको लागि स्वपुँजी लगानी बापत वार्षिक प्रतिफल (रिटर्न अन इक्विटी) को दर आयोगले अधिकतम १७ प्रतिशतसम्म तोक्न सक्नेछ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend