२०८३, भाद्र ४ गते

images

सञ्चालन खर्च बढेसँगै घट्याे टेलिकमको आम्दानी

सञ्चालन खर्च बढेसँगै घट्याे टेलिकमको आम्दानी

images
बिहिवार, माघ २९ २०८२१०:४९
बिहिवार, माघ २९ २०८२१०:४९
  • काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको सञ्चालन आयमा सामान्य वृद्धि देखिए पनि खुद मुनाफामा उल्लेख्य गिरावट आएको छ।

    समीक्षा अवधिसम्म कम्पनीको कुल सञ्चालन आय १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७३ प्रतिशतले बढी हो। तर कुल आय भने १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँमा सीमित भएको छ, जुन गत वर्षको तुलनामा १.५ प्रतिशतले कम हो।

    मुनाफातर्फ, अर्निङ्स बिफोर इन्ट्रेस्ट, ट्याक्स, डेप्रिसिएसन एन्ड अमोर्टाइजेसन ९ अर्ब ७७ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.६० प्रतिशतले घटेको हो। कर अघिको मुनाफा ५ अर्ब ९१ करोड ४३ लाख रुपैयाँ कायम हुँदा यो ४.५९ प्रतिशतले कमी हो। समीक्षा अवधिमा खुद मुनाफा ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.९८ प्रतिशतले घटेको हो। प्रति शेयर आम्दानी ४६ रुपैयाँ २७ पैसा रहेको छ।

    कम्पनीका अनुसार राजश्व तथा मुनाफामा आएको परिवर्तनका प्रमुख कारणमा ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा कमी आउनु, ब्याजदर घटेसँगै ब्याज आम्दानीमा करिब ३२ प्रतिशत गिरावट आउनु तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दा लागत वृद्धि हुनु रहेका छन्।

    त्यसैगरी, सेवाको दररेट सम्बन्धी नीतिगत परिवर्तन, कर्मचारी बीमा तथा पेन्सन खर्चमा वृद्धि, जिन्सी मौज्दातमा इम्पेयरमेन्ट खर्च थपिनु र चालु कर दायित्व बढ्नुले पनि नाफामा दबाब परेको कम्पनीले जनाएको छ। विदेशी मुद्रा सटही दरमा भएको परिवर्तनले सटही नाफामा वृद्धि भए पनि समग्र मुनाफा सुधार गर्न पर्याप्त देखिएको छैन।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend