काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोट माग्न नभएर काम माग्न सुदूरपश्चिम आएको बताएका छन्।
बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले काम दिन आग्रह गरे। ‘राष्ट्रिय स्वतन्त्र पार्टी भोट माग्न होइन, काम माग्न आएको हो। काम दिनुस्,’ शाहले भने, ‘भोट नदिए पनि हुन्छ, कामको लिस्ट दिनू। रास्वपाले काम गरेर देखाउँछ।’
उनले छोटो सम्बोधनमा सुदूरपश्चिमलाई काठमाडौँसँग जोड्नुपर्ने बताए। त्यसका लागि रास्वपाले काम गर्ने उनको भनाइ थियो।

