२०८३, आश्विन १९ गते

images
  • विश्व
  • भारतमा ७ जना सवार एयर एम्बुलेन्स...

भारतमा ७ जना सवार एयर एम्बुलेन्स दुर्घटनाग्रस्त

भारतमा ७ जना सवार एयर एम्बुलेन्स दुर्घटनाग्रस्त

सीएनएन खबर
मंगलवार, फाल्गुण १२ २०८२१०:५७
सीएनएन खबर
मंगलवार, फाल्गुण १२ २०८२१०:५७
  • images

    काठमाडौँ । चालक दलका सदस्यसहित सातजना बोकेको एयर एम्बुलेन्स राँचीबाट दिल्ली जाँदै गर्दा दुर्घटनाग्रस्त भएको छ ।

    राँची विमानस्थल निर्देशकका अनुसार सातजना यात्रु बोकेको एयर एम्बुलेन्स राँचीबाट दिल्ली जाँदै गर्दा झारखण्डको सिमरियानजिकै दुर्घटना भएको हो ।

    “फेब्रुअरी २३ मा रेडबर्ड एयरवेज प्राइभेट लिमिटेडको बीचक्राफ्ट सी–९० विमान राँची–दिल्ली सेक्टरमा मेडिकल इभ्याकुएसन (एयर एम्बुलेन्स) उडान गरिएको थियो,” समाचार एजेन्सी पीटीआईका अनुसार, आधिकारिक विज्ञप्तिमा भनिएको छ, “तर, यो विमान झारखण्डको चतरा जिल्लाको कसरिया पञ्चायतमा दुर्घटनाग्रस्त भयो ।” 

    विमानमा दुई चालक दलका सदस्यसहित सातजना सवार थिए । विमानले राँचीबाट साँझ ७ः११ बजे उडान भरेको थियो । कोलकातासँग राडार सम्पर्क साँझ ७ः३४ बजे टुटेको थियो । त्यतिबेला विमान वाराणसीबाट लगभग १०० माइल दक्षिणपूर्वमा थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend