काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । चुनाव आउन एक साता मात्रै बाँकी रहेका बेला देउवा गएराति सिंगापुर उडेका हुन् ।
स्रोतका अनुसार राति पौने १२ बजे सहयोगी भानु देउवाका साथ उनी सिंगापुर उडेका हुन् । निकट स्रोतले भने उनी स्वास्थ्य उपचारका लागि उनी सिंगापुर गएको दाबी गरेको छ ।
स्रोतका अनुसार देउवा पत्नी आरजु राणा देउवा भने भारतमा छिन् ।
यसअघि गत भदौको जेनजी आन्दोलनपछि पनि देउवा सिंगापुर गएका थिए । आन्दोलनकारीको आक्रमणमा परेका देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए ।
विशेष महाधिवेशन गरेर पार्टीको नेतृत्व गगन थापाले लिएपछि देउवा मौन बसेका थिए । चुनावी अभियानमा उनको खोजी भए पनि उनी कतै देखिएका थिएनन् ।
यसअघि अन्तिमपटक चुनाव लड्ने चाहना राखेका देउवा पार्टी नेतृत्व गगनको हातमा पुगेपछि अन्तिमा ब्याक भएका थिए ।

