२०८३, आश्विन २० गते

images
  • विश्व
  • इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो: सकेसम्म...

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो: सकेसम्म घरभित्रै बस्नू

इजरायलमा रहेका नेपालीलाई दूतावासले भन्यो: सकेसम्म घरभित्रै बस्नू

सीएनएन खबर
शनिवार, फाल्गुण १६ २०८२०५:१२
सीएनएन खबर
शनिवार, फाल्गुण १६ २०८२०५:१२
  • images

    काठमाडौँ । इजरायलले इरानमा आक्रमण सुरु गरेपछि तेल अभिभस्थित नेपाली दूतावासले नेपाली नागरिकका लागि एडभाइजरी जारी गरेको छ।

    इजरायलस्थित नेपाली दूतावासले मध्यपूर्वमा विकसित परिस्थितिलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै भनेको छ, ‘यस सन्दर्भमा हाल इजरायलमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई निम्न सावधानी अपनाउन सल्लाह दिइन्छ।’ 

    १. इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्नुहोस्।

    २. सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, पूर्ण सावधानी अपनाउनुहोस् र आआफ्ना स्थानमा रहेका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।

    ३. इजरायलका सम्बन्धित अधिकारीहरूको अनुमति नलिई यात्रा नगर्नुहोस्। 

    ४. स्थानीय समाचार, आधिकारिक घोषणा र आपत्‌कालीन सतर्कताको निरन्तर निगरानी गर्नुहोस्।

    ५. तल दिइएको सम्पर्क विवरणमा तेल अभिभस्थित नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्नुहोस्।

    ६. नजिकैका क्षेत्रहरूमा तोकिएका आश्रयस्थल वा सुरक्षित स्थानको नजिक रहनुहोस्।

    ७ दूतावासले आवश्यकताअनुसार नियमित रूपमा अद्यावधिक जारी गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend