काठमाडौँ । अमेरिकाले इराकमाथि गरेको आक्रमणको बदलामा तत्कालै इरानले प्रत्याक्रमण सुरु गरेको छ ।
गल्फ न्यूजका अनुसार बहराईन, कतार, दुबई कुवेतमा रहेका अमेरिकी सैनिक अखडाहरु निशानामा परेका छन् । केहीबेर अघि बहराईनले आकाशमा यात्रु बाहक जहाजको उडानमाथि प्रतिबन्ध लगाउँदै मिसाइल प्रतिरक्षा प्रणाली सक्रिय भएको जनाएको छ ।
त्यस्तै, कतारस्थित अमेरिकी सैनिक अड्डालाई लक्षित मिसाइल प्रहार गरिएको छ । जहाँ शक्तिशाली बिस्फोटको आवाज र धुकाको मुस्लोहरु निस्किएका छन् । त्यस्तै दुबईको अबुधावीमा पनि इरानी प्रत्याक्रमणबाट प्रभावित भएको छ । कुवेतमा समेत इरानले आक्रमण गरेको छ ।
भारतले स्थगित गर्यो मध्यपूर्वका सबै उडान
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् ।
मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ ।
इन्डिगोले पनि ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडानहरू स्थगित गरिरहेको बताएको छ ।
लाखौं भारतीय आप्रवासीहरूको घर, अन्य खाडी राष्ट्रहरूमा छ भने नयाँ दिल्लीले ऐतिहासिक रूपमा इजरायलसँगको आफ्नो सम्बन्धलाई सन्तुलित गरेको छ ।
यो क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको प्रमुख अर्थतन्त्रका लागि ऊर्जाको महत्त्वपूर्ण स्रोत पनि हो ।

