२०८३, आश्विन १९ गते

images
  • विश्व
  • आबुधाबीको विमानस्थलमा ड्रोन हमला, एक जनाको...

आबुधाबीको विमानस्थलमा ड्रोन हमला, एक जनाको मृत्यु ७ जना घाइते

आबुधाबीको विमानस्थलमा ड्रोन हमला, एक जनाको मृत्यु ७ जना घाइते

सीएनएन खबर
आइतवार, फाल्गुण १७ २०८२०७:१३
सीएनएन खबर
आइतवार, फाल्गुण १७ २०८२०७:१३
  • images

    काठमाडौँ । संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित जयद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन हमला भएको छ।

    संयुक्त राज्य अमेरिका र इसराइलले इरानमा आक्रमण गरेपछि इरानले जबाफी कारबाहीस्वरूप मध्यपूर्व र खाडीका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्ष्य गरेर आक्रमण गरेको थियो।

    आबुधाबीको जयद विमानस्थलमा भएको हमलामा एक जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

    आक्रमणमा ७ जना घाइते भएका छन्।

    विमानस्थल प्रशासनले मृतक एसियाली नागरिक रहेको भनेको छ। घाइतेहरुको उपचार भइरहेको पनि उसले जनाएको छ।

    विमानस्थलले सर्वसाधारणलाई अफवाह नफैलाउन र आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ।

    अवस्थाबारे थप अद्यावधिक जानकारी क्रमशः सार्वजनिक गरिने जनाइएको छ। यसअघि साँझतिर अबुधाबीस्थित विमानस्थलतर्फ ठूलो आवाज सुनिएको थियो।

    मुख्य टर्मिनल बाहिर आपतकालीन सवारीसाधनहरूको बाक्लो उपस्थिति र सडक किनारमा मानिसहरूको भीड देखिएको सिएनएनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend