२०८३, आश्विन १९ गते

images
  • समाचार
  • एकै पटक ३६ उपसचिवको सरुवा, कहाँ...

एकै पटक ३६ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

एकै पटक ३६ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?

बुधवार, आश्विन २ २०८१०८:२८
बुधवार, आश्विन २ २०८१०८:२८
  • images

    काठमाडौँ । सरकारले एकैपटक ३६ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै ३६ जना उपसचिवको सरुवा पदस्थापन तथा सरुवा गरिएको जनाएको हो । 

    सूचना अनुसार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

    मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ ।

    त्यस्तै रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

    गृह मन्त्रालयले १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ । जस अनुसार मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

    त्यस्तै तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन् ।

    हेर्नुहोस् सरुवा सूची :

    CDO-saruwa.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend