२०८३, आश्विन १९ गते

images

बहराइनको अमेरिकी सैन्य अखडा ध्वस्त

बहराइनको अमेरिकी सैन्य अखडा ध्वस्त

सीएनएन खबर
मंगलवार, फाल्गुण १९ २०८२१२:१७
सीएनएन खबर
मंगलवार, फाल्गुण १९ २०८२१२:१७
  • images

    काठमाडौँ । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ।

    इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख इसास्थित अमेरिकी हवाइ सेनाको अखडालाई तहसनहस पारिएको जनाएको छ।

    अमेरिकी सेना बसेको भवन नष्ट भएको र इन्धन ट्यांक पनि विष्फोट भएको दावी गरिएको छ। फार्स न्युज एजेन्सीले जारी गरेको भिडिओमा टाढाबाट अमेरिकी सैन्य शिविरमा रकेट हमला भइरहेको देखाइएको छ।

    यो हमलाबारे अमेरिकाले केही प्रतिक्रिया दिएको छैन। यसअघि अमेरिकी नौसैनिक अड्डामा धुँवा उडेको देखाइएको थियो।

    यसैबीच अमेरिकाले बहराइनसहित अन्य देशमा रहेका आफ्ना नागरिकलाई तत्काल त्यहाँबाट बाहिर निस्कन सूचना जारी गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend