२०८३, आश्विन १९ गते

images

मन्त्रिपरिषद्को बैठकः सचिवको बढुवादेखि सरुवासम्म

मन्त्रिपरिषद्को बैठकः सचिवको बढुवादेखि सरुवासम्म

बुधवार, आश्विन २ २०८१०८:४६
बुधवार, आश्विन २ २०८१०८:४६
  • images

    काठमाडौँ । सरकारले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा गरेको । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सचिवको बढुवादेखि सरुवाको निर्णय गरेको हो । 

    यस्तै, आजको बैठकले कही सह सचिवको सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आजको बैठकले ४ जना सचिवको सरुवा गरेको छ । 

    जसमा वन मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई कृषि मन्त्रालयमा सरुवा गरेको छ । कृषिमा रहेका दीपककुमार खनाललाई भने वन मन्त्रालयमा लगिएको छ ।

    यस्तै उर्जा सचिव गोपाल सिग्देललाई जल तथा उर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । त्यहाँ रहेका सुरेश आचार्यलाई भने उर्जा मन्त्रालयमा लगिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend